सदस्य पहिचान विवरण (KYM) अद्यावधिक गर्ने सम्बन्धमा
सदस्य पहिचान विवरण (KYM) अद्यावधिक गर्ने सम्बन्धमा
सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी संघ/संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७४ को तेस्रो संशोधन, २०७९ तथा सहकारी विभागको मिति २०८०/१०/०९ को सदस्य पहिचान विवरण (KYM) अद्यावधिक गर्ने निर्देशन बमोजिम यस संस्थामा आवद्ध सदस्यज्यूहरुले संस्थाको कार्यालयमा वा घरदैलो सुविधाबाट सदस्य पहिचान अद्यावधिक गर्नुहुन अनरोध छ । उपरोक्त विवरण अद्यावधिक नगरेका सदस्यहरुको खाता निष्क्रिय रहने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ । यस संस्थाले आफ्ना सदस्यहरुको विवरण अद्यावधिक गर्ने कार्य गरिरहेको हुँदा संस्थाको कार्यालयमा सम्पर्क राखी यथाशिघ्र आफ्नाे विवरणहरु अद्यावधिक गरिदिनुहुन अनुरोध गर्दछौं । संस्थाले सदस्यहरुको सुविधालाई मध्येनजर गर्दै घरदैलो कार्यक्रम मार्फत सदस्य विवरण अद्यावधिक गर्ने कार्य पनि गर्दै आइरहेको हुनाले कर्मचारीहरु घरदैलोमा आएर सदस्य विवरण अद्यावधि गर्ने क्रममा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।
सदस्यले आफ्नाे विवरण अद्यावधिक गर्ने शिलशिलामा हालसालै खिचिएको २ प्रति पासपोर्ट साईजको फोटो, आफ्नाे नागरिकता, राहदानी, मतदाता परिचय पत्र, आफु कार्यरत संस्थाको परिचयपत्रको प्रतिलिपि, अनुमानित वार्षिक आम्दानी, हाल बसोबास गरिरहेको ठेगाना पुष्टि हुने कुनै एक कागजात जस्तै जग्गाधनी पुर्जा, पानी, बिजुलीको बिलको प्रतिलिपि उपलब्ध गराइदिनुहुन अनरोध गर्दछौं ।
सार्थ KYM अद्यावधिक गरिसक्नुभएका सदस्यहरुले आफुले संस्थालाई प्रदान गरेको विवरणहरुमा केही परिवर्तन भएको भए सो समेत जानकारी गराईदिनुहुन अनरोध गर्दछौं ।
सदस्य पहिचान विवरण (KYM) अद्यावधिक गरि असल सदस्यको पहिचान कायम गर्न हार्दिक अनुरोध गर्दछौं ।