2024-06-17
आभाष साकोसको छोरी अभियान
सहकारीको सात सिद्धान्त मध्ये एक हो “समुदाय प्रति चासो” यसै सिद्धान्तलाई आत्मसाथ गर्दै संयुक्त राष्ट्र संघले लिएको दिगो विकास लक्ष्यलाई आधार मानी ६० औं राष्ट्रिय सहकारी दिवसको “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने नारालाई सार्थक बनाउने उद्देश्यले दिगो विकासको दुई लक्ष्य “स्वास्थ र समुन्नत समाज” र “लैंगिक समानता” हासिल गर्नको निमित्त आभाष साकोसको प्रयास हो छोरी अभियान ।
छोरीको १० महत्व
१. छारीले जति परिवारको हेरचाह कसैले पनि गर्न सक्दैन ।
२. छोरी एउटा गाँठो हो जसले परिवारलाई एकसुत्रमा बाँध्दछ ।
३. छारीले परिवारमा उत्साह, उमंग र नयाँपन ल्याउन्छ ।
४. छोरी प्रत्येक परिवारको खुसीको शुत्र हो ।
५. छोरीले परिवारका सदस्यहरुको खास अवसरहरु कहिले पनि बिर्सन्दैन जस्तै जन्मदिनहरु ।
६. छोरी एक असल श्रोताहो तपाई ऊनी सँग धरै समय विताउन सक्नुहुन्छ ।
७. छोरी यात्राको लागि एक असल साथी हुन् ।
८. छारी मात्र एक त्यस्तो व्यक्ति हो जस्ले आफ्नो परिवार र जिवनसंगी संगको प्रेमलाई सन्तुलनमा राख्न सक्दछ ।
९. छोरा उत्तम हो तर के तपाईलाई लाग्दैन छोरी सर्वोत्तम हो ।
छोरी अभियानको उद्देश्य
१. प्रजनन स्वास्थको शिक्षा तथा जनचेतनाको कमीका कारण धरै आमा तथा शिशुहरुले ज्यान गुमाइरहेका छन् । तसर्थ मातृ मृत्युदर तथा शिशु मृत्युदर कम गर्न मानिसहरुमा प्रसव अस्पतालमा गराउनु पर्छ भन्ने भावनालाई जागृत गर्नु ।
२. शिशुहरुमा यदि छोरी भएमा भु्रणहत्या गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्न ।
३. हाम्रो समाजमा छोरीलाई हेलाको दृष्टिकोणले हेरिन्छ सो दृष्टिकोणलाई परिवर्तन गर्न ।
४. छोरा आम्दानी हो र छोरी खर्च मात्र हो भन्ने सोच परिवर्तन गर्न ।
५. छोरा वरदान र छोरी अभिसाप हो भन्ने मानसिकता परिवर्तन गर्न ।
६. छोरा र छोरी दुवै बरदान हो र दुवै समान हो भन्ने भावना जागृत गर्न ।
छोरी अभियान अन्तर्गत कार्यक्रम
छोराले मात्र कमाउन सक्छ र छोरीले कमाउन सक्दैन भन्ने भ्रमको निवारण गरि छोरीले जन्मने वित्तिकै पनि कमाउन सक्छ भन्ने विश्वास दिलाउनको लागि शिर मेमोरियल अस्पतालमा प्रत्येक नववर्षमा जन्मने पहिलो एकजना र प्रत्येक वर्ष मंसिर १४ गते जन्मने पहिलो एकजना छोरीलाई आभाष साकोसको तर्फबाट रु १०,००० (अक्षरुपी दश हजार रुपैयाँ मात्र) प्रोत्साहन स्वरुप रकम प्रदान गरिनेछ ।
“आभाष साकोसको चाहना, सम्पूर्णको सुस्वास्थको कामना”