2024-06-27
आभाष सदस्य सुरक्षा कार्यक्रम
सदस्यलाई रोग लागि उपचार गराउनु परेमा वा उपचारको क्रममा मृत्युबाट परिवारमा पुग्न जाने क्षतिमा संस्थाको तर्फबाट यस संस्थामा आवद्ध सदस्यहरुको जिवनको सुरक्षा तथा सदस्यमा आश्रित परिवारलाई आर्थिक सहयोग सुविधा प्रदान गर्ने उद्देश्यले सुरुवात गरिएको कार्यक्रम हो आभाष सदस्य सुरक्षा कार्यक्रम ।
१. सदस्य सुरक्षा कोषको सदस्यता :
क) ६५ वर्ष उमेर ननागेको सदस्यले मात्र सदस्य सुरक्षा कार्यक्रममा सदस्यता लिन मिल्नेछ ।
ख) यदि कुनै सदस्यले सुरक्षा कार्यक्रममा सदस्यता लिए पश्चात ६५ वर्षको उमेर हदबन्दि नाघेमा माथिकोको प्रावधानले बाधा अड्चन पर्ने छैन । उक्त सदस्यको कार्यक्रममा सदस्यता कायम रहनेछ ।
ग) सदस्य सुरक्षा कार्यक्रममा भाग लिन चाहने प्रत्येक सदस्यले सदस्यता बापत रु. २,०००।– (अक्षरुपी दुई हजार मात्र) जम्मा गर्नुपर्नेछ ।
२. सुविधा वितरण :
क) मष्तिस्कघात, क्यानसर, पक्षधात, मुटुको बाईपास सर्जरी, ओपन हर्ट सर्जरी, एनजियोप्लाष्टी, मिर्गाैला प्रत्यारोपन र Third Degree Burn र दफा ९ मा उल्लेख भएको स्थायी अशक्तताको अवस्था भएमा उल्लेखित कुनै एक रोग लागेमा वा उपचारको क्रममा सदस्यको मृत्यु भएमामात्र रु २५,०००/- (अक्षरुपी पच्चिस हजार रुपैयाँ मात्र) सुविधा रकम प्रदान गरिने छ ।
ख) यदि सदस्यको शल्यक्रिया गर्नु परेमो रु १०,०००/– (अक्षरुपी दश हजार रुपैयाँ मात्र) सुविधा रकम प्रदान गरिने छ । सुविधा रकम प्राप्त गरे पश्चात पुनः नविकरण गर्नु पर्नेछ ।
ग) माथिकाे (क) र (ख) मा उल्लेख गरेको बाहेक अन्य कुनै पनि कारण यदि सदस्य १० दिन वा सो भन्दा बढि अस्पतामा उपचार गराउनको लागि भर्ना भएर बस्नु परेमा रु ५,०००/– (अक्षरुपी पाँच हजार रुपैयाँ मात्र) सुविधा रकम प्रदान गरिनेछ । सुविधा रकम प्राप्त गरे पश्चात नविकरण गर्नु पर्ने छैन ।
घ) यदि सदस्यको कुनै पनि रोग लागि वा काल गतिले मृत्यु भएमा रु २५,०००/– (अक्षरुपी पच्चिस हजार रुपैयाँ मात्र) सुविधा रकम आश्रित परिवारलाई प्रदान गरिनेछ । तर यो सुविधा प्राप्त गर्न सदस्यले यस भन्दा अगावै माथिकाे (क) र (ख) मा भएको सुविधा लिएको हुनुहुने छैन । यदि (क) र (ख) को सुविधा पहिलेनै उपभोग गरेको भएमा रु १५,०००/– (अक्षरुपी पन्ध्र हजार रुपैयाँ मात्र) प्रदान गरिनेछ ।
ङ) संस्थामा आवद्ध महिला सदस्य वा पुरुष सदस्यको श्रीमती सुत्केरी हुँदा सुत्केरी भेटघाट कार्यक्रममा रु १०००/– प्रदान गरिनेछ । सुविधा रकम प्राप्त गरे पश्चात नविकरण गर्नु पर्ने छैन ।
च) संस्थामा सदस्यता कायम गर्दा यदि सदस्य ७५ वर्ष उमेर नाघेको भएमा यस कार्यक्रममा आवद्ध हुन योग्य नभएको हुनाले उक्त सदस्यलाई कुनै पनि रोग लागि वा काल गतिले मृत्यु भएमा रु १०,०००/– (अक्षरुपी दश हजार रुपैयाँ मात्र) सुविधा रकम आश्रित परिवारलाई प्रदान गरिनेछ र यस कार्यक्रममा आवद्ध नभएका ७५ वर्ष भन्दा मुनीका सदस्यहरुलाई कुनै पनि रोग लागि वा काल गतिले मृत्यु भएमा रु ५,०००/– (अक्षरुपी पाँच हजार रुपैयाँ मात्र) सुविधा रकम आश्रित परिवारलाई प्रदान गरिनेछ ।
छ) आत्महत्याको सन्दर्भमा सुविधा प्रदान गर्न सदस्य सुरक्षा व्यवस्थापन उपसमितिले निर्णय गरे बमोजिम हुनेछ ।
ज) यदि सदस्यले रोगको विषयमा जानकारी नगराएमा सदस्यको मृत्यु भए पश्चातमात्र संस्थामा जानकारी भएमा सत्य तथ्यको छानविन गरि सुविधा रकम एकाघरका हकवाला वा ज्येष्ठ व्यक्ति वा अन्तिम संस्कार गर्ने व्यक्ति वा कानून बमोजिमको हकवालालाई प्रदान गरिनेछ ।
झ) यदि माथि उल्लेख गरिएको रोगबाट पूर्ण रुपमा अशक्त भएमा समेत सदस्य स्वयं अथवा लालनपालन गर्ने व्यक्तिलाई सुविधा रकम प्रदान गरिनेछ
ञ) सुविधा रकम प्रदान गर्दा रोग विशेषज्ञको प्रतिवेदनको आधारमा मात्र रकम प्रदान गरिनेछ ।
ट) सदस्यले एउटा रोगकोलागि उपचारको क्रममा अथवा उपचार पश्चात केवल एक पटक मात्र सुविधा रकम पाउनेछ ।
ठ) एक पटक सुविधा रकम प्रप्त गरेपछि सदस्यले पुनः रु २,०००/- (अक्षरुपी दुई हजार रुपैयाँ मात्र) रकम जम्मा गरी सदस्यता नविकरण गर्न सक्नेछ ।
३. सुविधा पाउन योग्य :
क) कार्यक्रममा भाग लिनको निमित्त सदस्यता दर्ता रकम रु २०००/- जम्म भएको ३ महिना पश्चात मात्र सदस्यले सुविधा प्राप्त गर्न योग्य हुनेछ ।
ख) कार्यक्रममा भाग लिएर पुनः सदस्यता नविकरण गरिएको अवस्थामा पनि नविकरणको ३ महिना पश्चात मात्र सदस्यले सुविधा प्राप्त गर्न योग्य हुनेछ ।
ग) चालु तथा अघिल्लो २ आर्थिक वर्षको बचत हिसाबमा प्रत्येक अर्थिक वर्षमा बढिमा २ पटक सम्म अनिवार्य बचत नियमित नभएको भएमा सोलाई छुट दिइनेछ । नियमित नएभता पनि उक्त आर्थिक वर्षको अन्तिम दिन सम्ममा बचत रकम पुरै जम्मा भईसकेको हुनुपर्नेछ ।
घ) कुनै पनि आर्थिक वर्षको अन्तिममा वा सुविधा रकम माग निवेदन दर्ता गरेको महिना भन्दा अघिल्लो महिना सम्मको बचत रकम वक्यौता नभएमा मात्र सुविधा रकम प्रदान गरिनेछ ।
ङ) सुविधा रकम माग निवेदन दर्ता गरेको महिना भन्दा अगाडीका ३ महिना अनिवार्य बचतमा नियमित रुपमा सदस्यले कबुल गरेको बचत रकम जम्मा गरेको हुुनुपर्नेछ । यदि सदस्यले अग्रिम रुपमा अनिवार्य बचत जम्मा गरेको भएमा सोलाई नियमित बचत भएको मानिने छ ।
च) सदस्यले अनिवार्य बचत खाता बन्द गरि पुनः नयाँ अनिवार्य बचत खाता खोलेमा उक्त नयाँ खातामा पहिलेको बन्द गरिएको खाताबाट सारिएको २५ प्रतिशत रकमलाई अग्रिम बचत रकमको रुपमा गणना गर्न मिल्नेछैन ।